मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखराका तालहरु संकटमा

पोखराका तालहरु संकटमा


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८०, आइतबार

पोखरा/ पोखराका तालहरुको अस्तित्व संकटमा परेको निष्कर्षसहित पाँच बुँदे घोषणापत्र जारी गर्दै ताल सम्मेलन सम्पन्न भएको छ ।
घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक संख्या र पारिस्थितिकीय सेवाको महत्व, पोखरा उपत्यका अर्थतन्त्र र स्थानीय जनताको जीविकोपार्जनका लागि तालको महत्व, विगतका प्रयासको अघिल्लो दशकको तुलनामा तालको पारिस्थितिकीय अवस्थामा ह्रास आएको घोषणापत्रमा उल्लेख छ ।

स्थानीय समुदायको आर्थिक आवश्यकता पूरा गर्दैै परिस्थितिकीय अवस्था कायम राख्न स्थानीय समुदाय, सरकारी अधिकारीहरु र प्राविधिक विज्ञबीच घनिभूत सहकार्य आवश्यकता रहेको तथा यी समूहहरुमध्ये एक पक्षसँग मात्र ताललाई व्यवस्थापन गर्ने स्रोत ज्ञान वा क्षमता नभएको किटान गरिएको छ ।

बुद्धिमतापूर्ण प्रयोगको सिद्धान्तका आधारमा पोखरा उपत्यकामा रहेका तालको संरक्षण गर्ने, तालको पुनःस्थापना र दीगो विकासको लागि स्रोत र ज्ञानहरु आदान–प्रदान गर्न जुटाउने र सम्बद्ध सरोकारवालाबीचको आपसी सहकार्यका आधारमा प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाने, पोखरा ताल मन्चलाई पोखरा उपत्यकामा रहेका तालको संरक्षण र दिगो विकासको लागि आवश्यक ज्ञान, अभ्यास, प्राविधिक विशेषता र आर्थिक स्रोत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

तीन दिनसम्म जारी सम्मेलनले पोखरा उपत्यकाको नौ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने उद्देश्यअनुरुपमा विभिन्न विषयविज्ञको प्रस्तुतिबाट प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवम कार्यक्रमका संयोजक डा कल्पनादेवी देवकोटाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->