शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

लोकतान्त्रिक तमु संघ गण्डकीमा कर्णबहादुर गुरुङ

लोकतान्त्रिक तमु संघ गण्डकीमा कर्णबहादुर गुरुङ


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८०, सोमबार

पोखरा/ लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ ।

माछापुच्छ«े गाँउपालिकाका निवर्तमान अध्यक्ष गुरुङको अध्यक्षतामा गठित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा कास्कीकी पवित्रादेवी गुरुङ, उपाध्यक्षमा कास्की रुपाका टेकबहादुर गुरुङ, मुख्य सचिवमा लमजुङका अर्जुन गुरुङ, सचिवमा स्याङ्जाकी बिष्णुमाया गुरुङ, उपसचिवमा तनहुँका पुजन गुरुङ, कोषाध्यक्षमा स्याङजाका नेमबहादुर गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा पर्वतका दर्शन घले, कास्कीकी मिठु गुरुङ, सिमा गुरुङ, लमजुङका दुर्गबहादुर गुरुङ, गोविन्दकुमारी गुरुङ, कास्कीका जगतबहादुर गुरुङ, गंगादेवी गुरुङ, सिमा गुरुङ, गोर्खाका उत्तमबहादुर गुरुङ, तनहुँका देवेन्द्रजंग गुरुङ, मिनबहादुर गुरुङ र मुस्ताङकी मञ्जु गुरुङ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->