बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विश्व रेडक्रस दिवसमा १५ युनिट रगत संकलन

विश्व रेडक्रस दिवसमा १५ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८०, मंगलबार

बागलुङ/ विश्व रेडक्रस दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ युनिट रगत संकलन भएको छ । बागलुङ नगरपालिका–२ मा रहेको रक्तसञ्चार केन्द्रमा सञ्चालित कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए ।

बागलुङमा रगतको अभाव हुन नदिन रत्तदान कार्यक्रमको आयोजना गरिएको शाखा उपसभापति राजेन्द्र आचार्यले बताए । बिषेशगरी युवाहरुले स्वस्फुर्त रुपमा रत्तदान गरेका थिए । बागलुङमा रहेको रक्तसञ्चार केन्द्रमा आधुनिक मेसिन जडान गरेपछि एक सय ५० युनिट रगत राख्न सकिने व्यवस्था छ ।

‘धौलागिरी अस्पताल, सदरमुकाम तथा जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीलाई आवश्यक हुनसक्ने रगतको उपलव्धताका लागि हामीले बेला बेलामा रक्तदान कार्यक्रम गर्दै आएका छौं’ आचार्यले भने ‘अन्य सामाजिक संघसंस्थाले पनि रेडक्रससँग समन्वय गरेर रक्तदान गर्ने गरेका छन् ।’

नेपाल रेडक्रस सोसाइटीले बागलुङमा रगतको अभाव हुन नदिन २०५३ सालदेखि रक्तसञ्चार केन्द्र स्थापना गरेर मानवीय काम गर्दै आएको हो । यहाँ धेरै भएको रगत पोखरा पठाउने र अभाव भएका बेला पोखराबाट ल्याउने गरिएको छ । रक्तदान कार्यक्रममा सामाजिक संस्था, पत्रकार, विद्यार्थी लगायतले रक्तदान गरेका थिए ।

यस्तै, दिवसको अवसरमा रेडक्रसले जुनियर युवा रेडक्रस सर्कल गठन शुरू गरेको छ । सदरमुकाममा रहेको कालीगण्डकी आमावि र युनिभर्सल सवलाईम एकेडेमीमा एक कार्यक्रम गरि जुनियर रेडक्रस सर्कल गठन प्रारम्भ गरेको सभापति जगन्नाथ आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->