बागलुङ/ बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । यसअघि नगरको प्रशासनिक नेतृत्व गरिसकेका हरिदत्त कँडेल तेस्रो पटक बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बागलुङ आएका हुन् ।
तत्कालिन बागलुङ नगरपालिका हुँदा २०७० सालमा एक बर्ष तीन महिना र २०७२ सालमा तीन महिना कँडेलले बागलुङ नगरको नेतृत्व सम्हालेका थिए । प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका कँडेललाई नयाँ संरचना पछिको बागलुङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी भने पहिलो हो । जनप्रतिनिधिबिहिन अबस्थामा कँडेलले नगरको नेतृत्व गरिसकेका छन् ।
कँडेलले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सुशासन प्रबद्र्धन र बागलुङ नगरको मुहार फेर्ने उद्देश्यका साथ बागलुङ आएको बताए । उनले सबै मिलेर मात्रै नगरको विकास हुने धारणा राखे । बागलुङ आएका कँडेल बागलुङकै काठेखोला गाउँपालिकाका स्थानीय हुन् ।





