बागलुङ/ उपभोक्ता अधिकारका बिषयमा राज्य गम्भिर बन्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । मंगलबार अभियानकर्मीको नाउँमा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा दूधमा पानी मिसाएर बेच्ने काम रोक्नुपर्ने, मदिरामा बिशाक्त बस्तु राख्ने काम बन्द गर्नुपर्ने तथा सडेगलेका खाद्यबस्तु बेच्न रोकेर नष्ट गर्नुपर्ने माग गरिएको छ ।
सुनचाँदीमा मिसावट, फोहोर पानी बितरण, म्याद नाघेका औषधिको बिक्री बितरण भएकोमा अनुगमनमार्फत रोक लगाउनु पर्ने, राजमार्गका होटलमा फोहोर खाना र शौचालय भएकोले सुधार गर्नुपर्ने र खाद्यबस्तु तथा इन्धनमा गरिएको महंगी नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।
अधिवक्ता तिलकबहादुर रिजाल, डिल्लीप्रसाद गौतम, बाबुलाल शाक्य, रामराज गुरुङ, दिपेन्द्र हमाल, कुलबहादुर किसानले हस्ताक्षर गरेको ज्ञापनपत्रलाई गुणस्तर तथा नापतौल बिभाग, पत्रकार, सबै नगरपालिका तथा गाउँपालिका, गृहमन्त्रालयसहित भौतिक पूर्वाधार लगायतका मन्त्रालयमा पनि पठाइएको बताइएको छ ।





