बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कानूनी शासनले राज्य संचालकलाई जवाफदेही बनाउँछ : न्यायाधिस गिरी

कानूनी शासनले राज्य संचालकलाई जवाफदेही बनाउँछ : न्यायाधिस गिरी


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८०, बुधबार

बागलुङ/ नेपालमा प्रधानन्यायालय ऐन आएको दिनको सम्झनामा कानू्न दिवश मनाइएको छ । बागलुङ उच्च अदालत बार इकाइको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेर दिवश मनाइएको हो ।

अन्तरक्रियाको उद्घाटन गर्दै उच्च अदालत बागलुङका मुख्य न्यायाधिस कृष्ण गिरीले कानूनी शासनले राज्य संचालकदेखि तल्लो निकायलाई जवाफदेही, पारदर्शी र मर्यादित बनाउने बताएका छन् । उनले कानूनी शासनको पालना नहुँदा समाजमा भ्रष्टाचार बढेको भन्दै सरकारले कानूनी शासनलाई कडाइका साथ पालना गरेमा बढ्दो भ्रष्टाचार अन्त्य गर्न सकिने पनि बताए । उनले राजनीतिक स्थिरता जस्तै लोकतन्त्रको संरक्षणका लागि कानूनी राज्य अपरिहार्य भएको बताए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले न्यायाधिस समेत कुनै न कुनै रुपमा भ्रष्टाचार पसेको बताए । उनले अदालतमा पसेको भ्रष्टाचार रोक्न नसकेमा कानूनी शासनको उपहास हुने बताए । पछिल्लो समय न्यायाधिस र न्यायाधिस नियुक्त गर्ने संस्थामा समेत भ्रष्टाचार बढेको शर्माले टिप्प्णी गरे ।

अर्का बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले देशको कानून फितला हँुदा देशमा राजनीतिक क्षेत्रमा पनि अनियमितता बढ्ने बताए । राजनीतिले न्यायालयमा हस्तक्षेप बढाउँदा अहिलेको बिषम परिस्थिति आएको बताए । अर्का बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले कानूनी शासन स्थापना गर्न दलहरु असफल रहेको बताए । उनले जे उद्धेश्यले राजनीतिक परिवर्तन गरियो, त्यो लक्षमा पुग्न नसक्नुमा आफैले बनाएको कानून पालना नभएको बताए । बरिष्ठ अधिवक्ता हरिप्रसाद शर्माले कानून व्यवसायी पनि मर्यादित भएमात्र कानूनी शासनको स्थापना गर्न सकिने धारणा राखेका थिए ।

२००९ सालमा आएको प्रधानन्यायालय ऐन जारी भएको बैसाख २६ गतेलाई कानून दिवश मानेर मनाउने चलन छ । नेपालमा प्रधानन्यायालयको रुपमा अदालत स्थापना भने बिसं १९९७ सालमा भएको उल्लेख छ ।

बागलुङ उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अखिलनाथ शर्माको अध्यक्षता, सचिव रमेश खड्काको संचालन र उपाध्यक्ष बलराम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरुले पनि कानून दिवशको औचित्य पुरा गर्न सबै क्षेत्रमा कानूनी शासनको स्थापना गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->