मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मादी गाउँपालिकामा ट्राफिक सचेतना कार्यक्रम

मादी गाउँपालिकामा ट्राफिक सचेतना कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८०, शुक्रबार

पोखरा / जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजनामा मादी गाउँपालिकामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

ट्राफिक सप्ताह अन्तरगत चौथो दिन ग्रामिण क्षेत्रमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । मादी गाउँपालिका वडा ३ को कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।

स्थानीय विद्यार्थी, युवा क्लब, आमा समुह, जनप्रतिनिधि लगायत नागरिकलाई ट्राफिक सप्ताहसँगै सचेतना दिएको हो । मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले ट्राफिक सप्ताह र सचेतना उत्कृष्ट रहेको भन्दै एउटा वडामा मात्रै नभई पालिकाको सबै वडामा प्रदान गर्न आग्रह गरिन् ।

नागरिकको जिवनसँग समेत जोडिएको विषय रहेकाले ट्राफिक नियम तथा सचेतना सम्बन्धि कार्यक्रमका लागि पालिकाको बजेटमै राख्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर चन्दले ट्राफिक सप्ताह नाम दिएपनि जिल्लामा हरेक दिन सप्ताह मनाइरहेको बताए ।

उनले ट्राफिक प्रहरी यात्रु र नागरिककै लागि भएकाले सवारी सुरक्षा र यात्रुको सुरक्षामा सद्यैँ खटिइरहने बताए । कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य दुर्घटना न्युनिकरण रहेको समेत उनले सुनाए ।

कार्यक्रममा अस्थाई ट्राफिक प्रहरी पोष्ट प्रस्याङका प्रमुख प्रविन आचार्यले ट्राफिक नियम, यात्रुले सडक वा बाटो कसरी काट्ने, सवारी साधन कसरी चढ्ने लगायत विषयमा प्रशिक्षण समेत दिएका थिए । यस्तै प्रस्याङ पोष्टले मालेपाटन स्थित शसस्त्र प्रहरीको कालिका गणमा समेत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->