बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रेडक्रस र ट्राफिकको रक्तदान

रेडक्रस र ट्राफिकको रक्तदान


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८०, आइतबार

बागलुङ/विश्व रेडक्रस दिवश २०२३को अबसरमा नेपाल रेडक्रस सोसाइटी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले साझेदारीमा रक्तदान गरेका छन् ।

साताव्यापी ट्राफिक सचेतना अभियान चलाएको ट्राफिकले पनि रक्तदानमा सघाएको हो । सडक दुर्घटना न्युनिकरण गर्दै सामाजिक सचेतना समेत फैलाउन सप्ताहव्यापी कार्यक्रम गरिएको बरिष्ठ प्रहरी नाएव निरीक्षक मीनबहादुर खड्काले बतए । शनिवार भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले मानवीय सेवामा लागेको रेडक्रस र सडक दुर्घटना न्युनिकरण गर्न लागेको ट्राफिकका अभियानहरु मिलेको बताए । उनले समान कामकालागि सहकार्यमा काम गरिएको उनले जानकारी गराए ।

कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए भने केहीले रक्तदानकालागि नाम टिपाएको आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->