शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आर्थिक अभावले २२ वर्षीया रोकामगरको उपचार रोकियो,आइसियुको विरामी सर्जरीमा

आर्थिक अभावले २२ वर्षीया रोकामगरको उपचार रोकियो,आइसियुको विरामी सर्जरीमा

आर्थिक सहयोग गर्न अपिल


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८०, आइतबार

पोखरा/ आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया ओमकुमारी रोकामगरको उपचार रोकिएको छ ।

वैशाख २६ गते म्याग्दीको धवलागिरी गाउँपालिका ३ पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमानै रोकिएको हो ।

२६ गते घाइते भएकी उनको टाउकोमा चोट लागेको थियो । रोकामगरको दर्वाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि अप्रेसन नै गर्नुपर्ने भएकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।

तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा बेड खाली नभएपछि गण्डकी मेडिकल कलेज ल्याएको ओमकुमारीका श्रीमान विकल रोकामगरले बताए ।

उनले आफुले जोहो गरेर ल्याएको २५ हजारमध्ये १२ हजार एम्बुलेन्सलाई दिएको सुनाए । बाँकी रहेको पैसाले केही नहुने बताउदै विकलले भने, ‘हामी त आपतमा परेको देखेर अलिअलि यही बिरामी ल्याउनुभाकाहरुले दिनु भो अब त के गर्नी गर्नी भाछ ।’

छोरीको उपचारका लागि कसरी पैसा जोहो गर्न भन्ने कुराले निकै पिरोलेको चन्द्रकलीले बताइन् । ‘यो अस्पतालमा ल्याएर आइसियुमा भर्ना ग¥यौं । एकदिनकै १४ हजार लाग्ने रहेछ, पैसा नभएपछि एकदिन भन्दा धेरै आइसियुमा राख्न सकेनौं,’ उनले भनिन् ।

गत २७ गते अस्पतालमा भर्ना गरेको बिरामीको उपचारमा आर्थिक अभाव भएपछि एकदिन भन्दा धेरै आइसियुमा राखेर उपचार गर्न नसकेपछि सर्जरी वार्डमा झार्न बाध्य भएको चन्द्रकुमारीले सुनाईन् ।

‘आईसियुको बेडको ६ हजार रहेछ, औषधीको ८ हजार लाग्ने रहेछ, साथमा भएको पैसाले एकदिन पुग्यो त्यसपछि अर्को दिनलाई नपुगेपछि सर्जरी वार्डमा राखेको छु, अहिले अस्पतालमा नै भएका बिरामीका आफन्तको सहयोगमा सामान्य उपचार भइरहेको छ,’ उनले भनिन् ।

बिरामी रोका मगरको ८ महिनाको छोरी छ । उनको श्रीमान ज्यालामजदुरी गर्छन् । कतैबाट उपचार खर्च जोहो नभएपछि छोरीको अप्रेसन नहुने चिन्ता छ । ‘ज्वाईको कमाई नै छैन, छोरीको हालत यस्तो छ, पुन मगरले भनिन्, ‘पैसा खोज्न नसकेपछि छोरीको अप्रेसन हुन्नकी भन्ने चिन्ता बढेको छ ।’

आर्थिक सहयोग गर्न अपिल
उपचार गर्न आर्थिक अभाव भएपछि बिरामीकी आमा चन्द्रकलीले सहयोगको अपिल गरेकी छिन् ।

बिरामी छोरीको टाउकोको अप्रेसन गर्नका लागि रकम अभाव भएपछि आर्थिक सहयोग गर्न आग्रह गरेकी हुन् । उनले ओमकुमारीको उपचारका लागि सहयोग गर्न ९८६४३७६१६१ सम्पर्क गर्न आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->