
बागलुङ/ बर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।
आईतवार दिउँसोदेखि सुरु भएको बर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन बर्ष अघीदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य बर्षा हुँदा समेत सडक बन्द हुने गरेको थियो । आईतबारको बर्षापछि पहिरोले उक्त सडक अबरुद्ध भएको बरिष्ठ प्रहरी नायव निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए ।
सदरमुकाम बागलुङ बजारदेखि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अबरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अबरुद्ध भएपछि निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बाटोहुँदै गन्तव्यमा पुग्न सवारीसधानहरुले प्रयास गरिरहेका छन् ।
‘पहिरो अहिलेनै हटाउन सम्भव नभएको बागलुङ नगरपालिकाले बताएको छ’ खड्का भन्छन् ‘भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुने छ ।’





