पोखरा / सिर्जना विकास केन्द्र पोखराले जिल्लाको अन्नपूर्ण गाउँपालिका र मोदी गाउँपालिकामा स्वास्थ्य शिविर सहित स्वास्थ्य सचेतना कार्यक्रम समपन्न गरेको छ । स्वास्थ्य शिविरबाट ३ सयभन्दा बढि महिलाहरु लाभान्वित भएका छन् ।
पोखरामा सामाजिक संस्थाको रुपमा स्थापित केन्द्रले शिक्षा, स्वास्थ्य, खेलकूद तथा बालबालिका तथा महिला केन्द्रित रचनात्मक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
संस्थाको वार्षिक कार्यक्रम अन्तरगत स्वास्थ्य सचेतना र महिलाहरुका लागी महिला रोग विशेषज्ञ चिकित्सकद्धारा निशुल्क स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको हो । स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रमको शुभारम्भ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले गरेका थिए ।
शुभारम्भ गर्दै अध्यक्ष केसीले स्वास्थ्य बिमा अन्तरगत गाउँपालिकाले पचास प्रतिशत अनुदान सहित विपन्नका लागि निःशुल्क स्वास्थ्य सेवा दिदै आएको बताए ।
कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. सृजना शर्मा, डा. तारा गुरुंग, डा. प्रतिक गैरे, डा. निरज पौडेल, सहकार्य सस्थ नयाँपुल स्वास्थ्य क्लिनिकका प्राविधिकबाट स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना, युसीजी, ल्याब र औषधी वितरण गरिएको थियो ।
सो शिविरमा अन्नपूर्ण गाउँपालिका र मोदी गाउँपालिकाका ३ सय भन्दा बढी महिलाहरु लाभान्वित भएको अध्यक्ष थापाले वताए ।
सिर्जना बिकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, वार्ड नं. ५ का अध्यक्ष जिवनाथ पौडेल, केन्द्रका संस्थापक अध्यक्ष डम्बर बहादुर केसी, बालगृह संयोजक सोमनाथ बराल, निवर्तमान अध्यक्ष इन्द्र पौडेलले शुभकामना मन्तब्य राखेका थिए ।
सो अवसरमा कार्यक्रम संयोजक शान्ती शर्मा,सहप्राध्यापक राधिका रेग्मी, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, महासचिब विश्व श्रेष्ठ, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, जाल्पा सामुदायिक लघुवित्तका गण्डकी प्रदेश प्रमुख युवराज शर्मा, अभिमान मेमोरियल माविका अध्यक्ष दान बहादुर केसी, नँयापुल स्वास्थ्य क्लिनिकका प्रमुख संजोग मरासीनी, द हेभन क्लब अफ नँयापुलका अध्यक्ष विजय भूर्तेल लगाएतले कार्यक्रमको उदेश्य र औचित्यका वारेमा वोलेका थिए ।





