बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरेङमा युनाइटेडको स्वास्थ्य शिविर

बरेङमा युनाइटेडको स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८०, सोमबार

पोखरा/ युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बरेङ गाँउपालिका बाग्लुङको ब्यवस्थापनमा बरेङ स्थित सर्वोदय माध्यामिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा उक्त क्षेत्रका ६५० जनाले स्वास्थ्य परीक्षण गराएका छन ।

स्थापना कालदेखि पोखराको अमरसिंहचौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लबले प्रत्येक वर्ष आफ्नो उद्देश्य अनुसार बिकट गाँउ बस्तीहरुमा पुगी निशुल्क रुपमा बृहत स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ ।

सोही अनुरुप बरेङ गाँउपालिकामा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो । स्वास्थ्य शिविरको उद्घाटन गर्दै बरेङ गाँउपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जेष्ठ नागरिक, अपाङ्ग, निम्न आयस्तर भएका नागरिकहरुलाई राहत प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । सो अवसरमा वोल्दै बरेङ गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरसेङ पुनले दुरदराजमा रहेको बरेङ गाँउमा आएर युनाइटेड क्लबले आफ्नो क्षेत्रमा रहेको नागरिकहरुको स्वास्थ्यप्रति देखाएको चासोको प्रशंसा गर्दै युनाइटेड क्लव प्रति आभार प्रकट गरे ।

त्यस्तै शिविरमा सहभागी डाक्टर सरोज पोख्रेलले बरेङ गाँउमा युनाइटेड क्लबको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरी त्यहांको नागरिकहरुलाई स्वास्थ्यप्रति सचेत गराउने र रोगको पहिचान गराउने काम गरेकोमा धन्यवाद व्यक्त गरे । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । स्वास्थ शिविरमा नाक, कान, घाटी, हाडजोर्नी, मुटु, छाती, पेट, स्त्रीरोग, सुगर, थाइराइडलगायतका रोगहरुको परीक्षणसहित भिडियो एक्स रे, इसिजी, रगत तथा पिसाव परीक्षण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->