बागलुङ/ बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले २२ औ स्थापना दिवसमा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेको छ । सोमबार मानवसेवा आश्रम बागलुङमा दुग्धजन्य पदार्थ, खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गरिएको हो ।
संघको स्थापना दिवसका अवसरमा संघमा उत्पादित दुध, घिउ लगायत खाद्यान्न सहित सरसफाईका सामग्री हस्तान्तरण गरिएको बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतमले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले दुग्ध सहकारी संघले स्थापना दिवसमा सामाजिक उत्तरदायित्व बहन गरेको बताइन् ।
शेयर सदस्य कृषकहरुलाई उत्पादनमा क्रियाशिल बनाउने, सहकारी संस्थाहरुले दुध संकलन देखि बजारसम्म पु¥याउने तथा संघले बजारीकरण र प्रशोधन गरेर सहकारीको नमुना काम संघमार्फत भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा मानव सेवा आश्रमका विपना तामाङले मानव सेवा आश्रमका बारेमा जानकारी गराउदै दुग्ध सघंको सहयोगका लागि धन्यवाद ज्ञापन गरिन् । कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र सचिव राम बहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।





