पोखरा/ कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले यो सँगै आफ्नै रेकर्ड तोडेका छन् । कामीरिताले बुधबार बिहान साढे ८ बजे सगरमाथाको २७ औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६ औं पटक आरोहण गरेका थिए । २ दशकभन्दा लामो सयमा विश्वका अग्ला हिमशिखर चढेका उनको आरोहण यात्रा भने सन् १९९२ बाट सुरु भएको थियो । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।





