बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पल्सर किन्दा हेम्जाका बद्रीले पाए एक किलो चाँदी

पल्सर किन्दा हेम्जाका बद्रीले पाए एक किलो चाँदी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८०, बिहिबार

पोखरा/ बजाजले २५ औं वर्ष पार गर्दै बजाज अफर २०८० १ किलो चाँदी हेम्जाका बद्री पौडेलले जितेका छन् । नयाँ वर्ष लागेसँगै बजाजले ल्याएको स्किम पौडेलले जितेका हुन् । उनले पल्सर १५० सिसिको मोटरसाइकल किन्दा १ किलो चाँदी जित्न सफल भएका हुन् । बजाजले आफ्नो सेवा विस्तार गरेको २५ औं वर्ष पार गरेको छ । यस्तै बजाजको आधिकारी बाइक विके्रता इच्छाशक्ति अटोमोवाइल्सले समेत २५ औं वर्ष पार गरेको छ ।

भाग्यमानी दर्शक बन्दै चाहिँ पाएका बद्रीले आफुले विदेशमा गएर कमाएको रकमले मोटरसाइकल किन्दा १ किलो चाँदी परेकोमा इच्छाशक्ति अटोमोबाइललाई धन्यवाद व्यक्त गरे । उनले नागरिकहरुले दुःख गरेर सवारी किन्दै गर्दा यसरी स्किम राखेर पुरस्कृत गर्दा थप बाइकप्रतिको रौनक बढ्नेसमेत बताए । इच्छाशक्ति अटोमोइवाइल्सका अध्यक्ष इच्छामान बुद्धाचार्यले बजाजले हरेक नयाँ वर्षको अवसरमा विभिन्न स्किमको व्यवस्था गरेको बताए । उनले यो वर्ष चाँदीसहित अन्य पुरस्कारको व्यवस्था गरेको र प्रत्येक हप्ता प्रदान गरिने बताए ।

उनले बजाजको १२५ सीसी सम्मका कुनै पनि बाइकहरुको खरिदमा सामसुङको १९२ लिटरको रेफ्रिजेरेटर प्राप्त गर्ने बताए । यस्तै नयाँ वर्षको अफरमा प्रत्येक बाइक खरिदमा १० हजार रुपैयाँ छुट, हेल्मेट, लेगगार्ड, एक वर्षको कर छुटका साथै पाँच वर्षका लागि इन्जिन वारेन्टी र सातवटा सर्भिसिङ निशुल्क रहेको बताए । यस्तै फाइनान्स सुविधातर्फ ५० प्रतिशत डाउनपेमेन्टमा ६.९९ प्रतिशत ब्यादर कायम गरिएको र त्यसको अवधि १८ महिनाको हुने एचआर म्यानेजर भगवान विजुक्छेले जानकारी दिए । उनले ‘हाम्रो हुलास फिन सर्भ फाइनान्स’ मार्फत् २४ महिनाको अवधिमा २५ प्रतिशत डाउनपेमेन्टमा पनि सुविधा लिन सक्ने र त्यसको अवधी २४ महिनाको रहने उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->