मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखरामा बस र स्कुटर ठोकिदा एकको मृत्यु

पोखरामा बस र स्कुटर ठोकिदा एकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८०, बिहिबार

पोखरा /पोखरा महानगरपालिका २२ पुम्दिमा बस र स्कुटर ठोक्किदा एकको मृत्यु भएको छ । पुम्दिबाट पोखरामातर्फ आउँदै गरेको बसले मोटर साइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।

कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकले अस्पताल पुर्याउँदा पोखरा २५ हेम्जा घर भइ हाल पोखरा ५ मालेपाटन बस्दै आएका ४६ वर्षिय तुलसी त्रिपाठीको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी स्कुटरमा सवार गौरव त्रिपाठी गम्भिर घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइराखेको छ ।

विश्व शान्ति स्तुप्पादेखी छोरेपाटनतर्फ आउँदै गरेको ग २३ प ३६८६ नम्बरको स्कुटरलाई छोरेपाटनबाट स्तुप्पा जाँदै गरेको बसले ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->