बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

घुम्न निस्किएका मजदुर भीरबाट लडेर घाईते

घुम्न निस्किएका मजदुर भीरबाट लडेर घाईते


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८०, बिहिबार

बागलुङ/ दिनभरीको काम सकेर घुम्न निस्केका दुई मजदुर भीरबाट लडेर घाईते भएका छन् । बागलुङको चिप्लेटी बसपार्क र वडा नं. ९ तित्याङ जोड्ने झोलुङ्गे पुल मुनीको भीरबाट लडेर उच्च अदातल बागलुङ इजलाशको भवन बनाउने काम गर्ने मजदुरहरु घाईते भएका हुन् ।

उदयपुर जिल्लाको गाईघाट नगरपालिका–२ का ३० बर्षिय बिरेन्द्र सदार र २६ बर्षिय पञ्चलाल सदार भीरबाट लडेर घाईते भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । बिरेन्द्र पुलमुनीबाट दुईसय मिटर तल खसेका थिए । पञ्चलाल भने भीरमा रहेको रुखमा अडिएका थिए । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ । घाईते मध्ये बिरेन्द्रको अबस्था गम्भिर छ ।

उनीहरु किन पुलमुनीको भीरमा पुगे भन्ने बिषयमा अनुसन्धान भैरहेको केसीले बताए । मजदुरहरु खसेको जानकारी पाएउँदासाथ प्रहरी, जनप्रतिनिधि र स्थानीयले तत्कालै उद्धार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->