पोखरा/ नेपाल प्रेस युनियन कास्की शाखाको अध्यक्षमा बासुदेव मिश्र चयन भएका छन् । आईतबार पोखरामा सम्पन्न १० औं जिल्ला अधिबेशनले मिश्रको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
मिश्र ढोरपाटन न्युज डटकम तथा ढोरपाटन दैनिक पत्रिकाका पोखरा व्युरो प्रमुख हुन् । प्रेस युनियन कास्कीको उपाध्यक्षमा बिजय लम्साल र ज्योती हमाल, सचिवमा धनबहादुर गुरुङ, कोषध्यक्षमा निराजन अधिकारी र सह–सचिवमा सपना अधिकारी चयन भएका छन् ।
सदस्यहरुमा अजय क्षेत्री, बिबेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन बानिया, चेतबहादुर थापा, प्रतिभा सापकोटा, देविका तामाङ, सविन बिक र बल बहादुर रोका मगर चयन भएका छन् ।






