शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

प्रधानमन्त्री नआउने भएपछि मुख्यमन्त्रीको भेला स्थगित

प्रधानमन्त्री नआउने भएपछि मुख्यमन्त्रीको भेला स्थगित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८०, बुधबार

पोखरा/ बुधबार प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड व्यस्त भएको भन्दै मुख्यमन्त्री कार्यालयले अन्तर प्रदेश मुख्यमन्त्री भेला स्थगित गरेको सूचना प्रकाशित गरेको हो ।

मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री बजेट निर्माणलगायतका काममा व्यस्त भएकाले भेला स्थगित भएको जानकारी दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भेलाको अन्तिम तयारी गरिसकेको थियो । अनुभव आदानप्रदानको लागि भनेर मुख्यमन्त्रीहरुलाई निम्तो पठाइसकिएको थियो ।

यहाँको पाँचतारे ग्राण्ड होटल बुक थियो भने प्रधानमन्त्री तथा मुख्यमन्त्रीको स्वागतका लागि ब्यानरहरु तयार पारिएका थिए । प्रदेशका साझा एजेण्डा तय गर्ने र संघसँग अधिकार माग्ने विषयमा केन्द्रीत भेलाले संघीयता बलियो बनाउने अपेक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->