बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आश्रम भवनको लागि आस्था सहकारीको सहयोग

आश्रम भवनको लागि आस्था सहकारीको सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८०, बिहिबार

बागलुङ/ १२ औं स्थापना दिवसको अवसरमा आस्था वचत तथा ऋण सहकारी संस्थाले बागलुङ नगरपालिका वडा नं. १ को निरयघाटमा निर्माणाधीन मानवसेवा आश्रमको भवनको लागि सिमेन्ट हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष श्रीजय श्रेष्ठले आश्रम संयोजक विपना तामाङ करिब १४ हजार मुल्यको सिमेन्टको बिल हस्तान्तरण गरेका थिए । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आश्रमलाई सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

विभिन्न कारणले सडकमा अत्यन्तै कष्टकर जीवन बिताउँदै आएका सहयोगापेक्षी, बेसहारा सडक मानवको उद्धार, उपचार र व्यवस्थापन गर्ने उदेश्यले निरयघाटमा आश्रमको भवन निर्माणाधिन छ । बागलुङ नगरपालिकाको पहलमा जग्गा व्यवस्थापन गरी ७ रोपनी जग्गामा मुठ्ठीदानबाट सञ्चालित आश्रमको भवन बनिरहेको छ ।

१२ करोड बजेटबाट निरयघाटमा आश्रमको भवन बनिरहेको छ । आश्रमले बागलुङ नगरपालिका–३ बाट अस्थायी रुपमा सेवा दिइरहेको छ । आश्रममा हाल ५० जना आश्रित छन् । बागलुङबासीको माया र सद्भावका कारण नै आश्रम चलिरहेको छ ।

चालु आर्थिक वर्षमा ताराखोला, बडिगाड गाउँपालिका, गलकोट नगरपालिकाले भवन निर्माणका लागि बजेट समेत विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->