बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्वास्थ्यमन्त्री सिंखडा अस्पतालहरुमा पुगेपछि…

स्वास्थ्यमन्त्री सिंखडा अस्पतालहरुमा पुगेपछि…


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८०, आइतबार

बागलुङ/गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले शनिबार बागलुङका दुई अस्पतालको निरीक्षण गरेकी छन् । गण्डकी प्रदेश मातहत सञ्चालनमा रहेको धौलागिरी आयुर्वेद बागलुङ र धौलागिरी अस्पताल बागलुङको निरीक्षण गरेकी हुन् ।

अस्पतालहरुको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री सिंखडाले बिरामीको उपचारमा कुनै कशुर बाँकी नराख्न आग्रह गरिन् । उनले अस्पतालले प्रवाह गर्ने सेवा मानव जीवनसँग जोडिएको भन्दै उपलव्ध सामाग्री र जनशक्तिको प्रयोग गर्दै गुनासो नआउने गरी सेवा दिन निर्देशन दिईन् । मन्त्री सिंखडाले अस्पतालका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकार तयार रहेको समेत बताईन् ।

अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले अस्पतालले प्रवाह गर्दै आएको सेवा र आवश्यक जनशक्ति तथा उपकरणको बिषयमा ध्यानाकर्षण गराएका थिए । धौलागिरी आयुर्वेद औषधालयमा पुगेकी मन्त्री सिंखडाले पछिल्लो समय बिरामीको रोजाईमा आयुर्वेद पर्ने गरेको बताईन् । अस्पतालले उत्पादन गर्ने औषधि, उपचार प्रणाली, योगका बिषयमा मन्त्रीलाई जानकारी गराईएको औषधालयका प्रमुख डा. सरोज कुमार रायले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->