बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गणतन्त्रको अनुभुती जनताले गर्नुपर्छ

गणतन्त्रको अनुभुती जनताले गर्नुपर्छ


  • सचिता गौतम
  • जेष्ठ १५ २०८०, सोमबार

बागलुङ/ गणतन्त्र दिवसको अबसरमा बागलुङमा आयोजित कार्यक्रमका बक्ताहरुले गणतन्त्रको अनुभुती जनताले गर्न सक्नुपर्नेमा जोड दिएका छन् । राजा र रैतीको संस्कार अन्त्य गरेर जनताको शासन व्यवस्था ल्याउँदा पनि जनताको मुहारमा खुसी नछाएकोमा उनीहरुको चिन्ता थियो ।

गणतन्त्र स्थापनापछि प्राप्त भएका उपलव्धीहरुलाई संथागत गर्ने र जनचाहना अनुसारको बिकास निर्माण र शासन प्रणालीको सुधार अहिलेको आवश्यकता भएको सहभागीको भनाई थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले अहिले राजनीतिक दलहरुले आँफुलाई समयानुकुल बनाउनुपर्ने बेला आएको बताए । जनताले आफ्नो नेतृत्व चयन गर्ने र खबरदारी गर्ने अधिकार निर्वाध प्रयोग गर्न पाउनुपर्नेमा उनको जोड थियो ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले व्यवस्थासँगै अवस्था परिवर्तनका प्रयासहरु नभएकाले जनतामा गणतन्त्रमा पनि आशा नजागेको बताए । गणतन्त्रको बिल्कप नहुँदा नहुँदै पनि बितृष्णाका स्वरहरु सुनिनु राजनीतिक दलहरु प्रतिको विश्वास कम हुँदै गएको उनको भनाई थियो ।

नेकपा एमालेका अध्यक्ष हिराबहादुर केसीले कागजमा लेखिएको गणतन्त्रले मात्रै जनतालाई राहत नहुने बताए । उनले तीनै तहका सरकारको रवैया र नयाँ पुराना राजनीतिक दलको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला समितिका सल्लाहकार कृष्णशंकर श्रेष्ठ, एकिकृत समाजवादीका सचिव भरत पुरी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य थानेश्वर सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एकबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले बोलेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम बागलुङ नगरपालिकाका ससबहादुर पुनले गरेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->