बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बजेटमा बागलुङ : यी हुन् समेटिएका र सम्बोधन नभएका योजना

बजेटमा बागलुङ : यी हुन् समेटिएका र सम्बोधन नभएका योजना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८०, मंगलबार

बागलुङ /अर्थमन्त्रीले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा बागलुङमा सञ्चालनमा रहेका सीमित आयोजनाहरु सम्बोधन भए । नयाँ आयोजनाहरुको बिषयमा भने बजेटले केही बोलेको छैन् ।

बागलुङमा मध्यपहाडी लोकमार्गको कालोपत्रे र स्तरोन्नतिको बिषय बजेटमा आयो । आठ वर्षदेखि अलपत्र रहेको कालोपत्रेको काम देखेका सर्वसाधारणले यसबाट कुनै आशा राख्न सकेनन् ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरले पनि बागलुङमा ठुलो प्रभाव राख्छ । बागलुङको मालढुंगादेखि बेनी बजारसम्म ट्रयाक नै नखुलेको विषय बजेटमा आएन् । त्यो बाहेक बागलुङमा पर्ने सबै खण्ड कालोपत्रेको काम भैरहेकाले नयाँ आशा करिडोरको सम्बोधनले जगाएन् ।

लामो समयदेखि कालोपत्र भएर अलपत्र परेको बलेवा बिमानस्थल सञ्चालनको विषय बजेटले समेटेन् । देशभरका आठवटा विमानस्थलको स्तरोन्नतिको विषयले प्रबेश पाउँदा बागलुङका बिमानस्थल प्राथमिकतामा परेनन् । अघिल्लो आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गर्ने भनिएको मध्यपहाडी लोकमार्गको बिहुँदेखि गलकोटसम्मको सुरुङ मार्गको विषय यो वर्षको बजेटमा अटेन । त्यस्तै उत्तरगंगा जलाशययुक्त आयोजनाका विषयमा पनि बजेट मौन रह्यो ।

नेपाल सरकारको सहलगानीमा बागलुङ बजारमा सञ्चालनमा रहेको लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गर्ने बिषय बजेटले समेटेको छ । बजेटमा औद्योगिक ग्राम निर्माण र तयार भएका औधोगिक ग्राम सञ्चालनको विषयले प्रबेश पाउँदा बागलुङ लाभग्राही जिल्ला हुनेछ । बागलुङ नगरपालिका, ताराखोला र काठेखोला गाउँपालिकाले औधोगिक ग्राम तयार गरेका छन् । पर्वत, बागलुङ र म्याग्दीको उपल्लो पहाडी क्षेत्रलाई समावेश गरेर पर्यापर्यटन, मगर समुदायको संकृति प्रबद्र्धन कार्यक्रम सरकारले सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->