बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लियो कालीगण्डकीको रक्तदानमा २७ युनिट रगत संकलन

लियो कालीगण्डकीको रक्तदानमा २७ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८०, बुधबार

बागलुङ/ बागलुङमा सञ्चालित रक्तदान कार्यक्रमबाट २७ युनिट रगत संकलन भएको छ । धौलागिरी अस्पताल बागलुङमा रगतको अभाव हुननदिन लियो क्लव अफ बागलुङ कालिगण्डकीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट २७ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष सुगम खड्काले बताए ।

रक्तदान कार्यक्रममा लायन्स क्लब अफ बागलुङ कालीगण्डकी, लियो क्लब अफ धौलागिरी बागलुङ, लियो क्लब अफ कुस्मा सिटी, लियो क्लब अफ बागलुङका पदाधिकारी तथा सदस्य र केही समाजसेविहरु सहभागि भएका थिए । उनीहरुले रगत दान जीवन दान सरह हुने भन्दै अस्पतालमा बिरामीको स्वास्थ्य र आफ्नो स्वास्थ्यमा समेत प्रभाव राख्ने भएकाले रक्तदानमा सहभागी भएको बताएका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ बागलुङ कालीगण्डकीका अध्यक्ष नारायण प्रसाद आचार्यले रक्तदान गर्ने सबैलाई धन्यवाद दिए । अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रसान्त सुवेदीले गरेका थिए । रक्तदानमा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->