बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङलाई संघीय सरकारको सवा चार अर्व अनुदान

बागलुङलाई संघीय सरकारको सवा चार अर्व अनुदान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८०, बुधबार

बागलुङ/ संघीय सरकारले आगामि आर्थिक वर्षमा बागलुङका स्थानीय तहहरुलाई ४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ बजेट उपलव्ध गराउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा बागलुङका दश स्थानीय तहलाई बिभिन्न शिर्षका सवा चार अर्ब बजेट उपलव्ध गराउने उल्लेख छ ।

संघीय सरकारको तर्फबाट बागलुङमा सबैभन्दा धेरै बागलुङ नगरपालिकाले ९० करोड २६ लाख रुपैयाँ बजेट पाउने छ । गाउँपालिका तर्फ भने सबैभन्दा धेरै बडिगाड गाउँपालिकामा ४८ करोड ५४ लाख रुपैयाँ बजेट पाउने उल्लेख छ ।

गलकोट नगरपालिकाले ४९ करोड ५८ लाख, जैमिनी नगरपालिका ५३ करोड ४७ लाख, ढोरपाटन नगरपालिका ३७ करोड २८ लाख, काठेखोला गाउँपालिका ४२ करोड लाख, तमानखोला गाउँपालिका २० करोड ३७ लाख, ताराखोला गाउँपालिका २५ करोड १८ लाख, निसीखोला गाउँपालिका ३० करोड ६७ लाख र बरेङ गाउँपालिका २८ करोड ९७ लाख रुपैयाँ बजेट पाउने बजेटको अनुसूचीमा उल्लेख छ ।

संघीय सरकारले उपलव्ध गराउने समानिकरण अनुदान, ससर्त अनुदान, बिषेश अनुदान र समपुरक अनुदान शिर्षका स्थानीय तहले उक्त बजेट पाउने छन् । ‘पहिलो कुरा त बजेट पहिला भन्दा बढेर आउला भन्दा घटेर आयो, काम स्थानीय तहमा थुपार्ने तर बजेट कम पठाउने गरियो,’ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘संघीयताको मर्म विपरित न्युन बजेट मात्रै स्थानीय तहमा पठाईएको छ ।’

आन्तरीक आम्दानी कम भएका स्थानीय तहलाई संघीय र प्रदेश सरकारले बजेट कम पठाउँदा बिकास निर्माणका काम गर्न कठिन हुने गरेको छ । संघीय सरकारले दिने बजेट, प्रदेश सरकारले दिने बजेट र स्थानीय स्रोत समेत गरेर स्थानीय सरकारले बजेटको तयारी गरिरहेका छन् ।

‘देशको आर्थिक अबस्थाका कारणले पनि होला बजेटको सिलिङ घटेको तर प्रतिशतका आधारमा स्थानीय तहलाई बजेट दिन कन्जुसाईं गरियो’, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने ‘अब संघीय सरकारले के कस्ता योजनामा बजेट बिनियोजन गर्छ, प्राथमिकतामा कस्ता योजना पर्छन् भनेर हेर्न बाँकी छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->