बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नागरिकता विधेयक फिर्ताको माग गर्दै अनेरास्ववियु संघर्षमा

नागरिकता विधेयक फिर्ताको माग गर्दै अनेरास्ववियु संघर्षमा


  • दिवाकर चपागाईं
  • जेष्ठ १७ २०८०, बुधबार

बागलुङ/ नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ । अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको बिद्येयकको फिर्ताको माग गर्दै बागलुङमा राँकेजुलुस प्रद्धर्शन गरेको छ ।

अनेरास्ववियु बागलुङका अध्यक्ष रोशन जिसीले विदेशीलाई खुसी पार्ने नियतका साथ पारित गरिएको नागरिकता विधेयक तत्काल फिर्ता नगरे शसक्त प्रतिकार गर्ने चेतावनी दिदै राँकेजुलुस गरिएको बताए ।

धवलागिरि बहुमुखी क्याम्पसको गेटबाट निकालिएको राँकेजुलुस एकैछिनमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनेरास्ववियुले नागरिकता विधेयक फिर्ता गराउनका लागि देशव्यापी रुपमा जनदवाब सिर्जना गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

नागरिकता विधेयक खारेज गर भन्दै बाघचोकमा नाराबाजीसमेत गरिएको थियो । कार्यक्रममा अनेरास्वुवियुका नेता शेखर खड्काले देशको अस्मिता बेच्न नपाइने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->