बागलुङ/ जर्बजस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा प्रहरीको हिरासतमा रहेका बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बसेललाई निसर्त रिहाईको माग गर्दै बागलुङ बजारमा विरोध प्रदर्शन गरिएको छ ।
बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कबाट सुरु भएको विरोध ¥यालीले बजारका विभिन्न भाग परिक्रममा गरेको थियो ।
बागलुङका दलित अगुवा र बसेलका आफन्तले अन्तरजातीय विवाह गरेकै कारण केटी पक्षबाट झुटो मुद्दा लगाएर बसेललाई फसाउन खोजेको भन्दै निशर्त रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । दलित अगुवाले घटनाको निष्पक्ष छानविन गरी न्याय दिलाउने वातावरण सिर्जना गर्नसमेत माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार, बसेलविरुद्व एक युवतिले जर्बजस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी किटानी जोहरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको छ ।





