बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पत्रकारीतामा नयाँ पुस्ता खोज्दै धौलागिरी एफएम

पत्रकारीतामा नयाँ पुस्ता खोज्दै धौलागिरी एफएम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८०, शुक्रबार

बागलुङ/ सञ्चार क्षेत्रमा नयाँ पुस्तालाई दक्ष बनाउनका लागि धौलागिरी एफएम बागलुङले आयोजना गरेको एक हप्ते रेडियो उद्घोषण, पत्रकारीता तथा प्राबिधिक तालिम शुक्रबार सकिएको छ । निर्धारित समय भन्दा दुई दिन थप गरेर तालिमको समापन गरिएको हो ।

तालिमको शुक्रबार बिहान एक समारोहका बीच समापन गर्दैै धौलागिरी एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमले सञ्चार क्षेत्र फराकिलो हुँदै गएको तर जनशक्तिको अभाव हुन थालेको बताए । नयाँ पुस्ताले सञ्चार क्षेत्रमा रहेको अबसरलाई पछ्याउन नसक्दा जनशक्ति अभाव हुन थालेको उनको धारणा थियो । पहिले पहिले जस्तो सञ्चार क्षेत्रमा चुनौती मात्रै नरहेको भन्दै गौतमले अबसरहरुलाई उपयोग गर्न युवाहरुलाई आग्रह गरे ।

गौतमले रेडियो उद्घोषण तथा पत्रकारीता तालिमले यो पेशामा लाग्नका लागि मात्रै नभएर जीवन यापनका हरेक कृयाकलापमा सहयोग गर्ने उल्लेख गरे । कार्यक्रममा पत्रकार महासंघका सचिव बिजय रानाले पत्रकारीता क्षेत्र पनि अन्य रोजगारीका क्षेत्र जस्तै भविश्य बोकेको क्षेत्र भएको बताए । रानाले नयाँ पुस्ताले पुरानो पुस्ताले भन्दा नयाँ र द्रुत गतिको बिचार राख्नुपर्नेमा जोड दिए ।

गत जेठ १० गतेदेखि सुरु भएको तालिममा १५ जना सहभागि थिए । तालिमको सहजीकरण एफएमका पूर्व स्टेशन म्यानेजर रामकृष्ण शर्मा, सम्पादक ताराप्रसाद शर्मा, पत्रकार प्रकाश बाराल, राम थापा, कोपिला कँडेल, तारानाथ आचार्य र कृष्ण संयोगले गरेका थिए ।

अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रशिक्षकहरु प्रकाश बराल, कोपिला कँडेल, प्रशिक्षार्थीको तर्फबाट सुशिला पौडेल, सागर सुनार लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत स्टेशन प्रमुख उमाकान्त शर्मा र सञ्चालन तारानाथ आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->