बागलुङ/ क्षेत्री समाज बागलुङले सरकारले जारी गरेको नागरीकता विद्येयकप्रति बिरोध जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक नेपाल र नेपालीको हितमा नरहेको भन्दै क्षेत्री समाज बागलुङले बिरोध जनाएको हो । समाजले एक प्रेस बिज्ञप्ती जारी गर्दै नागरिकता बिद्येयकप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विदेशीलाई खुसी पार्ने नियतका साथ विद्येयक पारित भएको भन्दै तत्काल निर्णय फिर्ता नभए शसक्त प्रतिकार गर्ने बिज्ञप्ती मार्फत चेतावनी दिईएको छ । क्षेत्री समाज बागलुङका अध्यक्ष रुद्र बहादुर महत र महासचिव करिबराज जिसीले सयुक्त हस्तार गरेको विज्ञप्तीमा विवादित नागरिकता विधेयक फिर्ता गर्न माग गरिएको छ । ‘हामि विद्येयक तत्काल फिर्ता लिन माग गर्दर्छौं, अन्यथा क्षेत्री समाज आन्दोलनमा जाने चेतावनी दिन चाहन्छौं ।’ बिज्ञप्तीमा भनिएको छ ।





