बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मध्यपहाडी लोकमार्गमा सवारी चल्न स्थानीयको अबरोध

मध्यपहाडी लोकमार्गमा सवारी चल्न स्थानीयको अबरोध


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८०, सोमबार

बागलुङ/ राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणको जिम्मा पाएको निर्माण कंपनीले काम नगरेपछि स्थानीयले आइतबार दिनभर यातायातका साधन चल्न रोक लगाएका छन् । बागलुङको काठेखोला गाउँपालिका वडा नंं ५ र ६ को घोडाबाँधे देखि अक्षेतेतर्फको खण्डमा सवारी चल्न रोक लगाईएको हो ।

समयका सडक कालोपत्रको काम नहुँदा सर्वसाधारणले आठ बर्षदेखि सास्ती खेप्नु परेको भन्दै आन्दोलित भएका हुन् । बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको आयोजनामा लोकमार्ग सरोकार समितिले सडक अवरुद्ध गरेको हो ।

चार बर्ष अघिनै निर्माण सकिनुपर्ने काम अझै सकिएको छैन् । हिउँदमा धुलो र बर्षात्मा हिलोका कारण सास्ती हुने गरेको छ । स्थानीयले उक्त मार्गमा चल्ने सवारी चढ्न पनि गलकोट तर्फको भाडा तिर्नुपर्ने समस्याले बन्द बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष जगुपति कंडेलले बताए । ‘सडक नबन्दा हामीले बर्षौदेखि सास्ती खेपेका छौं,’ समाजका अध्यक्ष जगुपति कँडेलले भने, ‘यो अवस्था कहिले सम्म खेप्ने भन्ने हाम्रो सरोकार हो ।’ दुवै तर्फ स्थानीयले सवारी चल्न नदिंदा लोकमार्गको यात्रा गरेका सयौं यात्रुहरु घोडाबाँधे र अक्षेतेमा अलपत्र परेका थिए ।

बागलुङ बजारदेखि अक्षेते हुँदै सुलडाँडा सम्मको १२ किमी खण्ड सिद्धिसाइ भारत निर्माण कम्पनी र सुलडाँडा देखि घोडाबाँधे १३ किमी खण्ड सूर्य कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको थियो । हरेक वर्ष काम नगरी ठेकेदारले म्याद थपिरहेको काम भने नगरेकोले लोकमार्ग जीर्ण छ । निर्माण कम्पनीहरुले पछिल्लो पटक थप भएको म्यादमा समेत कालोपत्रको काम नसक्ने देखेपछि पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग योजना कार्यालय पर्वतले ठेक्का रद्धको प्रक्रिया अघि बढाएको छ ।

योजना कार्यालयका अनुसार दुवै कम्पनीलाई पटक पटक ताकेता गर्दा समेत सन्तोषजनक काम नगरेकाले ठेक्का रद्ध गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->