बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

छिस्तीमा बागलुङ समाज पोखराको स्वास्थ्य शिविर

छिस्तीमा बागलुङ समाज पोखराको स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८०, सोमबार

बागलुङ / बागलुङ समाज पोखराले जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीको पुरानो गाउँ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । फेवा सिटी हस्पिटल प्रा.लि. पोखराको सहयोगमा बागलुङ समाज पोखराले उक्त स्वास्थ्य शिविर गरेको पूर्व अध्यक्ष कुलचन्द्र शर्माले वताए ।

फेवा सिटी हस्पिटलका चिकित्सक सहितको टोली गाउँमा पुगेर शनिवार शिविर सञ्चालन गरिएको हो । शिविरबाट पुरानो गाउँका करीव २५० जनाले सेवा लिएका छन् ।

स्थानीय सुर्योदय युवा कल्बले आयोजना गरेको मेलासंगै स्वास्थ शिविर सञ्चालन गरिएको हो । समाज सेवा र मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने भावनाका साथ शिविर सञ्चालन गरिएको पूर्व अध्यक्ष शर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->