बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका विमानस्थल र निर्माणाधीन सडकमा मौन नीति कार्यक्रम

बागलुङका विमानस्थल र निर्माणाधीन सडकमा मौन नीति कार्यक्रम


  • रन्जिता शर्मा
  • जेष्ठ २२ २०८०, सोमबार

बागलुङ/ बागलुङको बलेवामा पक्की विमानस्थल छ । ढोरपाटन उपत्यकाको कच्ची धावनमार्ग रहेको बिमानस्थल र निसीखोलाको अर्नाकोटमा नयाँ निर्माणका लागि अध्ययनमा हुँदैछ । तीनवटै विमानस्थल बागलुङको समृद्धिसँग जोडिएका पूर्वाधार हुन् । तर, यी विमानस्थलमा सरकारको ध्यान भने कम पुग्ने गरेको छ ।

संघीय सरकारको नीति तथा कार्यक्रम र बजेट आउँदा सम्बोधन नभएका विमानस्थलको बिषयमा जनमानसमा चासो थियो । तर गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमले पनि पोखरा बाहिरका विमानस्थलको नामै उल्लेख गरेन् । बन्द रहेको ढोरपाटनको स्तरोन्नति, पक्की धावनमार्ग तयार भएको बलेवा र अर्नाकोटमा विमानस्थल निर्माणको विषय प्रदेशले समावेश गर्न सक्थ्यो । प्रदेशले सार्वजनिक गरेका अधिकांश कार्यक्रम सञ्चालनका लागि पहल गरिने र साझेदारी गरिने उल्लेख छ । तर, बागलुङका बिमानस्थल भने पहल वा साझेदारी दुवैमा नपरेका हुन् ।

त्यस्तै निर्माणधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको विषयमा पनि प्रदेशको नीति मौन छ । आठ वर्षदेखि ठेक्का लागेर पनि कालोपत्रे हुन नसकेको लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा स्थानीय आन्दोलित छन् । तर, प्रदेश सरकारले पनि संघ सरकारले काम गरिरहेको यो योजना निर्माण सम्पन्न गर्न पहल गर्ने भन्ने वाक्यांशसम्म समावेश गरेन् । कालीगण्डकी करिडोरलगायत संघीय, प्रदेशका यसअघिका सरकारले सञ्चालनमा ल्याएका सडक स्तारोन्नति र कालोपत्रेका काम भैरहेका सडकको विषयले प्रदेशको नीति तथा कार्यक्रममा स्थान नपाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->