बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चौतारीका निवर्तमान सचिवले त्यागे पत्रकार महासंघको सदस्यता

चौतारीका निवर्तमान सचिवले त्यागे पत्रकार महासंघको सदस्यता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८०, सोमबार

बागलुङ/ प्रेस चौतारी नेपालका निवर्तमान सचिव रामकृष्ण शर्माले पत्रकार महासंघको सदस्यता त्याग गरेको स्वघोषणा गरेका छन् । लामो समय पत्रकारितामा रहेका शर्मा राजनीति र व्यवसायतर्फ लागेपछि आफु पत्रकार महासंघको सदस्य नरहने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सदस्यता त्यागको स्वघोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघले सञ्चालन गरेको शुद्धिकरण अभियानमा साथ दिँदै शर्माले महासंघको सदस्यता त्याग गरेको उल्लेख गरेका छन् । शर्माले नेपाल पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन महासंघले सञ्चालन गरेको अभियानलाई साथ दिँदै आफुले सदस्यता त्याग गरेको उल्लेख गरे ।

पछिल्लो समय सामाजिक अभियानअन्तर्गत नेकपा एमाले बागलुङ नगर कमिटिको सचिव तथा व्यवसायिक हिसाबले सर्वसिद्धि हार्डवेयर प्रा.लि.का सञ्चालक रहेका शर्मा महासंघको अभियानमा सदस्यता त्याग गर्ने पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->