बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विश्व वातावरण दिवसमा सरसफाई

विश्व वातावरण दिवसमा सरसफाई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८०, सोमबार

बागलुङ/विश्व वातावरण दिवसको अवसरमा यहाँको एक विद्यालयले सडक तथा सार्वजनिक स्थलको सरसफाई गरेको छ । अमर आदर्श माध्यामिक विद्यालयको माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सडक र सार्वजनिक स्थल सरसफाई गरेको हो ।

बागलुङ बजारको ट्राफिकचोक, माझकोटचोक तथा बागलुङ बजार–भकुण्डे जोड्ने पुल आसपासका क्षेत्रमा सरसफाई गरिएको सहायक प्राचार्य कमल पन्तले बताए । ‘प्लाष्टिकजन्य प्रदुषणबिरुद्ध लागौं’ भन्ने नाराका साथ मनाईएको दिवसमा विद्यार्थीलाई सरसफाई र प्रदुषणको बिषयमा जानकारी गराईएको पन्तले बताए ।

सरसफाई कार्यक्रममा विद्यार्थीले उत्साहपूर्ण सहभागिता जनाएका थिए । बागलुङमा अन्य सरकारी तथा सामाजिक संघ संस्थाले विश्व वातावरण दिवस मनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->