बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नेपाली

एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नेपाली


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८०, सोमबार

पोखरा / गण्डकी प्रदेश सभामा नेकपा एमालेको प्रमुख सचेतकमा बागलुङका समानुपातिक सांसद गोविन्दबहादुर नेपाली मनोनीत भएका छन् ।

संसदीय दलका नेता खगराज अधिकारीले नेपालीलाई आजै (जेठ २२ गते) बाट लागु हुनेगरी प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।

आफु मुख्यमन्त्री हुँदा नवलपुरका रोशनबहादुर गाहा थापालाई प्रमुख सचेतकमा मनोनित गरेका थिए । उनी मन्त्री भएपछि प्रमुख सचेतकको पद खाली थियो ।

प्रदेशसभा सदस्य नेपाली गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार थिए ।

दलका प्रमुख सचेतकलाई प्रदेश सभाले गाडी, इन्धन र आवासको सुविधा उपलब्ध गराउने ब्यवस्था छ ।

यसैगरी, नेता अधिकारीले एमाले सचेतकमा कास्कीका समानुपातिक सांसद देवका पाहारीलाई मनोनित गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->