बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका २१४ घर अझै पनि टुकीको भरमा

बागलुङका २१४ घर अझै पनि टुकीको भरमा

गण्डकी उज्यालो प्रदेश नीति लिएको ५ वर्ष भयो तर लक्ष्य प्राप्ति भएन ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८०, बुधबार

बागलुङ/गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच वर्षअघि गण्डकी प्रदेशका सबै घरमा विद्युत पु¥याउने लक्ष्यका साथ उज्यालो प्रदेश नीति ल्याए । यो नीतिलाई त्यसयताका मुख्यमन्त्रीहरुले पनि निरन्तरता दिएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएको घर घरमा उज्यालो पु¥याउने कार्यक्रममा भने अझै पनि चुनौती छन् ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार बागलुङमा २ सय १४ परिवार उज्यालोका लागि टुकीमा निर्भर छन् । चार सय २३ परिवार बिजुली, सोलार, बयोग्याँस र मट्टितेलको पहुँचभन्दा टाढा छन् । जिल्लाभर ६४ हजार ९६ परिवारको बसोबास छ । तीमध्ये ६२ हजार २ सय २८ परिवारमा बिजुलीको पहुँच छ । एक हजार २ सय २० परिवारले सौर्य उर्जाको प्रयोग गर्दा ११ परिवार बायो ग्यासको सहारामा उज्यालो उपभोग गरिरहेको तथ्यांक कार्यालय बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले बताए ।

जिल्लाको दुर्गम क्षेत्रमा अहिले पनि विद्युतको सर्वसुलभ पहुँच छैन् । बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत पु¥याउन सकिएको छैन भने ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाका केही वडामा मात्रै विद्युतिकरण भएको छ ।

स्थानीय खोलाबाट उत्पादन गरिएका लघुजलविद्युत आयोजनाहरुबाट ती पालिकामा विद्युतिकरण गरिएको छ । पालिका, प्रदेश र संघीय सरकारको प्रयास निरन्तर रहँदा जिल्लाभर विद्युत नपुगेको हो । उज्यालोका लागि मात्रै होइन, दैनिक अन्य क्रियाकलापका लागि सर्वसाधारणले अझै प्राप्त विद्युत पाएका छैनन् । तथ्यांक कार्यालय बागलुङले सार्वजनिक गरेको तथ्यांक अनुसार उज्यालोका लागि मात्रै खानेपानीको पहुँचमा पनि कयौं परिवार पहुँचमा छैनन् ।

बागलुङका कुल घरपरिवारमध्ये अहिले पनि ५३१ परिवारले कुवाको पानी प्रयोग गर्छन् भने ३१६ परिवार नदी वा खोलाको पानी पिउन बाध्य छन् । ३ हजार ५९९ परिवारमा मुल धाराको पानी पुगेको छ । जार वा बोतलको पानी पिउने परिवारको संख्या ६६२ छ । घरको परिसरभित्रै धारा पुगेको परिवारको संख्या १९ हजार ८८४ छ भने घर बाहिर धारा भएका ३८ हजार ८७६ परिवार छन् । हातेपम्प र ट्युवेलको पानी ४२ परिवारले प्रयोग गर्ने गरेका छन् ।

तथ्यांक कार्यालयका अनुसार इन्धनमा पनि बागलुङ परनिर्भर देखिएको छ । पछिल्लो समय आयात गरिएको एलपी ग्यासको प्रयोग बढेको तथ्यांकले देखाएको हो । बागलुङमा काठ, दाउराको प्रयोग गर्ने ५० हजार ४७ परिवार छन् । विद्युतीय उपयोगबाट ८६ परिवारले मात्रै खाना पकाउँछन् भने गुईठाबाट दुई, बायोग्यासबाट ७८, मट्टितेलबाट ३७ परिवारले खाना बनाउने गरेको सुवेदीले बताए ।

कार्यालयले मंगलबार जनगणना–२०७८ ले तयार पारेको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले तीन तहका सरकारलाई तथ्यांकले सहयोग गर्ने बताए । जनगणनाले ल्याएको तथ्यांकका आधारमा आफ्ना नीति तथा कार्यक्रम ल्याउन सके तीनै तहका सरकारले सफलता पाउने उनले बताए । तथ्यांकले कमजोर संकेत गरेको क्षेत्र, बर्ग तथा लिङ्गको उत्थानमा लाग्न उनको सुझाव थियो ।

बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तथ्यांक सम्बन्धि सूचना हरेक नीति निर्माण तहमा रहेकाहरुसँग हुनुपर्ने बताए । सूचनाको युग भएकाले सूचनामा अध्यावधिक मानिस नै धनी हुने समय आएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->