बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सर्वसाधारणले भने : काठेखोलाको प्रशासकीय भवन कहिले बन्छ ?

सर्वसाधारणले भने : काठेखोलाको प्रशासकीय भवन कहिले बन्छ ?


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३२ २०८०, बिहिबार

बागलुङ/काठेखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडिया प्रालिको आयोजनामा बिहिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सुनुवाइमा पालिकाको प्रशासकीय भवन र अन्य भौतिक पूर्वाधारका योजनामा अधिकांसले प्रश्न उठाएका थिए ।

गाउँपालिकाको सभाहलमा भएको सुनुवाईमा चालुबर्ष भरी भएका भौतिक बिकास र गाउँपालिकाले सम्पादन गरेका सबै खाले कार्यक्रममा समीक्षा भयो । सहभागिले सार्वजनिक सेवा जनमुखी बनाउनु पर्ने र हरेक योजनाको परदर्शीता हुनुपर्ने माग राखेका थिए ।

सहभागिले गाउँपालिकाको भवन कता बनाउने भन्ने बिषय समेत ठोस निर्णय गरिनुपर्ने माग गरेका छन् । कतिपयले हालको सुल्डाँडामै बनाउनुपर्ने आबाज उठाएका छन् भने कतिपयले अक्षेतेमा बनाउनुपर्ने माग गरेका छन् । जिल्लाका अरु ५ वटा गाउँपालिकाको आफ्नै भवन बनिसकेकोले काठेखोलाको भवन छिटो बनाउनु पर्ने माग बढेको हो ।

गाउँपालिकाकालागि निशुल्क र सशुल्क जग्गा दिनेहरु आएपनि संभाव्यता अध्ययन गरेर आगामी गाउँपरिषद अगाडि जग्गा व्यवस्थापन टुंगो लगाउने अध्यक्ष राजु थापाले जानकारी गरेपछि अधिकांसले आफ्नो क्षेत्रमा पालिका बनाउन पनि माग गरेका थिए । यसरी माग गर्नेले अक्षेते, सुलडाँडा र राहालेलाई प्राथमिकीकरणमा राखेका थिए ।

भवन निर्माण गर्दा गाउँपालिकाले प्रशासनिक भवन, अस्पताल र प्रहरी चौकी सँगै बनाउने योजना गरेको छ । त्यसकालागि १२ देखि १५ रोपनी जमिनको खोजी भएको थापाको भनाइ थियो । आगामी परिषदमा बजेटको व्यवस्थापन गर्ने, माथिल्लो निकायमा पनि बजेट माग गर्ने र आफ्नै कार्यकाल भित्र गाउँपालिकाको प्रशासकीय भवन बनाउने लक्ष बनाएको समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा विशेषगरी सार्वजनिक खरिद ऐनले पूर्वाधार निर्माण, ठेक्का प्रकृया लगायतमा असर गरेको, उपाध्यक्ष नेतृत्वमा हुने अनुगमन प्रभावकारी बन्नुपर्ने लगायतका माग पनि उठेका थिए । ‘पालिका भित्र ४ सय २ योजना थिए, सबैमा पुग्ने कुरा अप्ठ्यारो रहेछ’ गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले भने, ‘प्रभावकारी संयन्त्र बनाएर सबै योजनामा पटक पटक पुग्ने कार्यक्रम बनाउनु पर्ने भएको छ । ’ उनले शिक्षक र बिद्यार्थी अनुपात नमिलेका कतिपय बिद्यालयलाई समायोजन गर्ने योजना समेत सुनाएका थिए ।

सहभागिले बिद्यालयको भवन निर्माणमा प¥र्याप्त बजेट नआएको, बाँदरका कारण खेतीपाती जोगाउन नसकिएको, एक घर एकधारा अभियान प्रभावकारी नभएको, सबै बस्तीमा खानेपानीको सुविधा चाहिने, स्वास्थ्य चौकीमा उपचार सेवा प्रभावकारी हुनुपर्ने लगायतका माग समेत गरेका थिए । सहभािगले ठेकेदार लाई कारवाही गर्ने नीति चाहिएको भन्दै मध्यपहाडी लोकमार्ग र ग्रामीण सडकको स्तरउन्नतीकालागि माग गरे । कतिपय ग्रामीण सडकले मुख्य सडक भत्कने, पहिरो जाने समस्या भएको भन्दै सडक खन्ने काम हिउँदमा गर्नुपर्ने माग समेत गरेका थिए । झोलुंगे पुलकोलागि भएका माग पालिकाबाट सुनुवाइ नभएको टिप्प्णी समेत भएको थियो । सहभािगले ती पुलहरु तत्काल बनाउन माग समेत गरेका थिए ।

सडक बनाउँदा नाली बनाउनुपर्ने, सोही अनुसारको लगानी गर्नुपर्ने लगायतको माग पनि उनीहरुको थियो । अधिकांसले भने प्राविधिकहरुको नियमित अनुगमन र व्यवहारिक प्रकारको लागत स्टिमेट नहुँदा अधिकांस भौतिक योजनाका कार्यक्रममा उपभोक्ता मारमा परेको गुनासो आएको थियो । सहभागिको जिज्ञाशालाई अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा, निमित्त प्रमुम प्रशासकीय अधिकृत उत्तम पौडेल, वडा नं. १ का अध्यक्ष खड्ग थापा, वडा नंं २ का अध्यक्ष बिद्यापति शर्मा, वडा नं. ७ का अध्यक्ष प्रेम लामिछाने, इन्जिनियर बिनोद लामिछाने, शिक्षा शाखाका प्रमुख रामानन्द कंडेल र महिला तथा बालबालिका शाखाकी प्रमुख रश्मी गौतमले प्रश्नको जवाफ दिएका थिए । सुनुवाइ पत्रकार डम्बर बुढाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->