बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भाडादर कार्यान्वन गर्न सडकमै सिडियो !

भाडादर कार्यान्वन गर्न सडकमै सिडियो !


  • दिवाकर उपाध्याय
  • असार १ २०८०, शुक्रबार

बागलुङ/ बागलुङमा सार्वजनिक यातायातमा समायोजन भएको भाडादर कार्यान्वयन थालिएको छ । गत मंगलबार सार्वजनिक यातायात भाडा दर निर्धारण समिति बागलुङले जिल्लाभित्र चल्ने बस तथा जीपको भाडादर समायोजन गराएको थियो ।

असार १ गतेदेखि कार्यान्वयन हुनेगरी समायोजन गरिएको भाडादर कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सकृयता देखाएका छन् । शुक्रबार बिहान बागलुङ बजारदेखि गलकोट, बुर्तिबाङ चल्ने जीप तथा बसहरुमा समायोजन भएको भाडादर टाँस गरी कार्यान्वयनका लागि निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताईन् ।

‘२०७६ सालदेखि बागलुङमा भाडादर समायोजन भएको थिएन्, हामिले सर्वसाधारण र यातायात व्यवसायी सबैलाई मर्का नपर्नेगरी भाडादर समायोजन गरेका छौं’ प्रजिअ श्रेष्ठले भनिन् ‘कार्यान्वयन गर्ने र अनुगमन गर्ने सबैको जिम्मेबारी हो, सबै जिम्मेबार बनौं ।’ उनले तोकिएभन्दा बढी भाडा लिने सवारीसाधानलाई तत्काल कारवाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिईन् ।

सवारीसाधानमा भाडादर टाँसका लागि प्रजिअ श्रेष्ठ, यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापा, जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्का, ट्राफिक प्रहरी प्रमुख मिनबहादुर खड्का, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायत सहभागि थिए ।

पछिल्लो समय कच्ची सडक पक्की बनेको र इन्धनको भाडा घटेकोले बागलुङको ग्रामीण तहमा जाने आउने भाडा घटाउनुपर्ने माग उठेको थियो । समायोजन भएको भाडादर असार १ गते (आज)देखि लागू भएको छ ।
यातायात व्यवसायी, जिल्ला प्रहरी, यातायात व्यवस्था कार्यालय, ट्राफिक, पूर्वाधार विकास कार्यालय, यातायात मजदुर व्यवसायी संघ र अन्य सरोकारवालाको सहभागिता रहेको बैठकले भाडादर समायोजन गरेकाले कार्यान्वयनमा समस्या नहुने यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले बताए ।

‘अधिकांस स्थानमा पुग्ने भाडा दर थोरै भएपनि घटेको छ’ उनले भने, ‘सडकको अवस्था, इन्धनको मूल्य लगायतको अबस्था हेरेर बैज्ञानिक भाडादर कायम गरिएको छ ।’ बेला बेला हुने समायोजन अनुसारकै यो पटक भाडादर कायम गरिएको हो ।

तोकिएको भाडा दर अनुसार बागलुङदेखि अक्षेतेका लागि बसमा ७५ र जिपमा १ सय रुपैयाँ भाडादर तोकिएको छ । त्यस्तै घोडाबाँधेसम्मको बसमा २ सय ५५ र जिपमा ३५०, हटियासम्म ५७० र हरिचौरको ७ सय रुपैयाँ भाडा तोकिएको छ । बसको पनि भाडादर जिपभन्दा कम तोकिए पनि ग्रामीण क्षेत्रमा बस भने चल्दैनन् ।

बडिगाड गाउँपालिकाको कार्यालयसम्म पुगेको ८ सय, बुर्तिवाङ ९ सय ८०, निसीखोलाको पालिका रहेको जुग्जाखोला १ हजार १ सय ६० र तमानखोलाको पालिका रहेको बोङगादोभान पुगेको १ हजार १ सय ८० रुपैयाँ भाडा तोकिएको हो । ती स्थानबाट गाउँ गाउँमा पुग्नु पर्दा थप भाडा लाग्ने बताइएको छ । गलकोटहुँदै अर्गल पुगेको ७ सय र सिधै भएमा ४ सय रुपैयाँ भाडा तोकिएको हो । दक्षिण बागलुङको बरेङका लागि पनि ९ सय ७० रुपैयाँ भाडा तोकिएको छ ।

हाल मध्यपहाडी लोकमार्गको अधिकांस खण्ड कालोपत्रे भएको, बरेङ खण्ड पनि स्तरीय बनेको भएपनि भाडामा मनोमानी थियो । अहिले समायोजन भएको भाडा स्थानीयका लागि महंगो रहेको छ । पालिकाको केन्द्रबाट ग्रामीण बस्ती पुग्न अझै ३ सयदेखि ४ सय रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->