बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरेङमा जीप दुर्घटना, चालकसहित नौ जना घाईते

बरेङमा जीप दुर्घटना, चालकसहित नौ जना घाईते


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८०, सोमबार

बागलुङ/ रुपन्देहीको बुटवलबाट बागलुङको बरेङ आउँदै गरेको जीप दुर्घटना भएको छ । सोमबार दिउँसो बुटवलबाट बरेङ आउँदै गरेको लु१ज ३३७१ नम्बरको जीप बरेङ गाउँपालिकाको भुङ्गा भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीका अनुसार बरेङ गाउँपालिका–४ भुङ्गा भन्नेस्थानमा जीप दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालकसहित ९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपाचारका लागि गुल्मीको शान्तिपुरमा रहेको केएमसी अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->