बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा पनि मनाईयो योग दिवस

बागलुङमा पनि मनाईयो योग दिवस


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८०, बुधबार

बागलुङ/ अन्तर्राष्ट्रिय योग दिवस बागलुङमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । हरेक वर्ष जुन २१ तारिखमा विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ ।

योग दिवसको अवसरमा धौलागिरी आयुर्वेद औषधालयमा आयोजित कार्यक्रममा बक्ताहरुले पाश्चात्य संकृतिले पूर्विय दर्शको योगलाई प्रभावित गरेको बताए । योगको महत्वको बिषयमा राज्यले ध्यान दिनुपर्नेमा बक्ताहरुको जोड थियो । कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमिरेले योगका बिषयमा सर्वसाधारणसम्म सचेतना पुग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालयका योग प्रशिक्षक एकराज ढुंगानाले प्रशिक्षण दिएका थिए । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षता, अस्पताल व्यवस्थापन समितिका सदस्य ललिता थापाको स्वागत र औषधालयका निमित्त प्रमुख कमल बिक्रम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->