बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यालयकी छात्रा मग्ना नेपालीको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा रोश्नी जि.सी., सचिवमा रिजन जिसी, सह–सचिवमा सागर कार्की, कोषाध्यक्षमा अनुषा कँडेल, सह–कोषाध्यक्षमा मौसम कुँवर र सदस्यहरूमा आयुष केसी, करुणा आचार्य, आशिष खड्का, जेनिशा लामा, शुभेक्षा गौतम चयन भएका छन् । समितिको संरक्षकमा विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारी र नायक शिक्षकमा माधव शर्मालाई चयन गरिएको छ ।
जुरेश गठन कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका कोषाध्यक्ष जीवनाथ शर्माले निःस्वार्थ भावनाले सहयोग गर्न विद्यार्थीहरुलाई जुरेशमा जोडिन आग्रह गरे । सेवा भाव भएका सबै रेडक्रसमा अट्ने उनको तर्क थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीको अध्यक्षता, शिक्षक भुमिराज शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।





