बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा नक्कली परीक्षार्थी सशस्त्र प्रहरी सहायक हबल्दार पक्राउ

सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा नक्कली परीक्षार्थी सशस्त्र प्रहरी सहायक हबल्दार पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८०, शनिबार
बागलुङ/ सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।
पर्वको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रुपन्देही निवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरतछन्भने सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्र वाहिनीमा कार्यरतछन्। नेपालीलाई अनुसन्धका लागि बोलाउने तयारी भइरहेको प्रनाउ केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->