पोखरा/ पोखरा महानगरपालिकाले भारतले नेपाल सरकाराई दिएका मुर्रा राँगा पोखरा ल्याउन पहल गर्ने भएको छ । आईतबार आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख धनराज आचार्यले भारतले दिएका मध्ये पाँचवटा मुर्रा राँगा पोखरा ल्याउन पहल गरिने उल्लेख गरे ।
‘नेपाल सरकारले ल्याएको मध्ये कम्तिमा पाँचवटा मुर्राै राँगा पोखरा स्थित पशु प्रजनन केन्द्रमा ल्याउन पहल गरि महानगर क्षेत्रमा नश्ल सुधारसहित भैंसी पालन व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गरिने छ ।’ आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।





