बागलुङ/ मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले आगामि आर्थिक बर्षको लागि २३ करोड ७५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आईतबार १६ औँ गाउँसभामा उपध्यक्ष छिरिङ ल्हामो गुरूङले बजेट प्रस्तुत गरेकी हुन् ।
पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बजेटमा सामाजिक बिकास र आर्थिक बिकासका बिभिन्न कार्यक्रमहरु समाबेश गरिएको छ । गाउँपालिकाले दिगो बिकासका योजनाहरुमा जोड दिएको छ । बजेट तथा कार्यक्रम अनुसार आगामि आर्थिक बर्षमा ११ करोड ६३ लाख २५ हजार चालु खर्च र १२ करोड १२ लाख ५० हजार रुपैयाँ बजेट पूजीगत खर्चका लागि बिनियोजन गरिएको छ ।
गाउँपालिकाले संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त बिभिन्न शिर्षकका अनुदान र गाउँपालिकाको संञ्चीत कोष तथा आन्तरीक राजश्व १९ लाख ९१ हजार अनुमान गरिएको छ ।





