बागलुङ/ बागलुङको निसीखोला गाउँपालिकाले कृषि उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार १२ औं गाउँसभामा गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेम बहादुर घर्तीले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि ४६ करोड, ४६ लाख ८० हजार रुपैयाँ बजेट ल्याएको छ । गाउँपालिकाको संघीय सशर्त अनुदान २१ करोड ५५ लाख, नेपाल सरकारबाट प्राप्त वित्तिय समानिकरण ९ करोड १२ लाख, नेपाल सरकार राजश्व बाँडफाँड १० करोड ६ लाख ६७ हजार, गण्डकी प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान १ करोड १५ लाख ९ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ६४ लाख ४ हजार, प्रदेश समपुरक अनुदान ५० लाख विशेष अनुदान ५० लाख, संचित कोषबाट अल्या २ करोड ५० लाख, गाउँपालिकाको आन्तरिक राजश्व बाँडफाँड ४४ लाख आम्दानी अनुमानीत बजेट प्रस्तुत गरिएको हो ।
नीति तथा कार्यक्रम र बजेटले वन, जलास्रोत संस्कृति, प्रर्यटन र कृषि सभ्य , समुन्नत सुखि र समृद्धि निसी भन्ने नाराका साथ कृर्षि प्रर्यटन, रोजागरी र पूर्वाधार विकासलाई प्राथमितका दिएको छ । कृषि क्षेत्रको सम्भवना र अवसरको खोजी गर्ने, रैथाने बाली सम्रक्षण गर्दे प्रर्वधन गर्ने, कृषि सुचना, कृषि अनुदान, कृषक सम्मानदेखि बजारीकरणको व्यवस्थापनमा सहयोग गर्ने नितीमा उल्लेख छ ।
भाँगो खेतिलाई व्यवस्थित गर्न पहल गर्ने, मासुमा आत्मनिर्भर बनाउने, सबै विद्यायमा मातृभाषाको पठन पाठनलाईसमेत जोड दिने, विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रममा समावेश गराउन प्रदेश र संघ सरकार समक्ष पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।





