बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटनको बजेट शिलिङ मात्रै, १५ दिनभित्र ब्रेकडाउन

ढोरपाटनको बजेट शिलिङ मात्रै, १५ दिनभित्र ब्रेकडाउन


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८०, सोमबार

बागलुङ/ नगरप्रमुखले कार्यवहाक थमाएर बेपत्ता भएपछि अन्यौलमा रहेका ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट एकैपटक सार्वजनिक गरेका छन् । आईतबार नगरसभामा कायतले नीति तथा कार्यक्रम र बजेटको शिलिङ प्रस्तुत गरेका हुन् ।

समयअभावका कारण नगरपालिकाले योजनामा बिनियोजन सहितको बजेट ल्याउन नसकेको जनाएको छ ।नीति तथा तथा कार्यक्रम पारित भएको छ । नीति तथा कार्यक्रम संसोधन गर्ने विषयलाई थप छलफल गर्ने र वडा स्तरका योजनाको बजेट सिलिङ बनाएर आगामी १५ दिन भित्र बजेट प्रस्तुत गर्ने गरि नगरसभा सम्पन्न भएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताए । नगरपालिकाले कृषि उत्पादन, बजारीकरण, प्रर्यटन प्रर्वधन र उद्यमलाई मुख्य प्राथमिकता दिएको छ ।

आगामि आर्थिक बर्षका लागि ५५ करोड २४ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत भएको छ । दुई करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष नगरको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->