मुस्ताङ/ मुस्ताङी राजाको छोराको विहेको लागि उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छन ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टेसि न्हर्वु गुरुङले सार्वजनिक सूचना जारी गर्दै जारी सूचनामा मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका ज्येष्ठ सुपुत्र राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको विवाहको लागि स्थानीय तहले सार्वजजिनक विदाको घोषणा गरेका हुन् ।
विष्टको विवाह उत्सवको अवसर लोमान्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले सोमवार गाउँकार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरू तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचनामा जनाइएको छ ।
झिग्मी सिङ्घी पलवर विष्ट मुस्ताङका अन्तिम राजा हुन् । गणतन्त्रको घोषणासँगै उनी राजाबाट जनता बनेका थिए तर उपल्लो मुस्ताङमा उनलाई अहिले पनि उत्तिकै श्रद्धा गरिन्छ । सांस्कृतिक पर्वहरुमा राजालाई विशेष सम्मान गरिन्छ ।





