बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अभिभावक गुमाएकी सृष्टिको परिवारलाई न्यू एभरेष्टको सहयोग

अभिभावक गुमाएकी सृष्टिको परिवारलाई न्यू एभरेष्टको सहयोग


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८०, मंगलबार

बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङले आफ्नो विद्यालयमा अध्ययनरत छात्रा सृष्टि पुनको परिवारलाई आर्थिक सहयोग गरेको छ । सडक दुर्घटनामा अभिभावक गुमाएकी पुनको परिवारलाई विद्यालयले सहयोग गरेको हो ।

पुनका बुबा रामचन्द्र पुनको गत असार ५ गते मध्यपहाडी लोकमार्गको बिहुँखण्डमा आफैंले चलाएको पीकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएको थियो । विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कल न्यू एभरेष्ट एकेडेमीको प्रमुख सहजीकरणमा सहयोग अभियान सञ्चालन गरेर परिवारलाई सहयोग गरिएको हो ।

जुरेशले अभियान सञ्चालन गरेर विद्यार्थीहरुले एक दिनको खाजा कटाएर सहयोग रकम जुटाएको जुरेस अध्यक्ष मेग्ना नेपालीले बताइन् । विद्यार्थीको अभियानमा शिक्षक अभिभावकले सहयोग गरेका थिए ।
पुन परिवारको आर्थिक अवस्था कमजोर रहेकाले विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनले सहयोग संकलन गरेको हो । संकलित रकम प्रधानाध्यापक कृष्ण अधिकारीको रोहबरमा परिवारलाई बुझाइएको हो ।

अभियानमा विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयको तर्फबाट संकलित १६ हजार ९ सय १५ रुपैयाँ नगदसहित विद्यालयले आजका दिनसम्मको सृष्टि पुनको तिर्न बाँकी सम्पूर्ण शुल्क मिनाहा गरेको जनाएको छ । आगामी दिनमा समेत ५० प्रतिशत शुल्क छुट गरिने प्रिन्सिपल कृष्ण अधिकारीले बताए ।

दुर्घटनामा मृत्यु भएका ३१ वर्षीय पुनका दुई छोरी, श्रीमती, बुबाआमा रहेका छन् । मृतकको पुरानो घर दमौलीमा रहेको छ । करिब २२ वर्षदेखि पुन परिवार मालढुंगामा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->