बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

४ जिपिए ल्याएका बिद्यार्थी सम्मानित

४ जिपिए ल्याएका बिद्यार्थी सम्मानित


  • ढोरपाटन संवाददाता
  • असार २६ २०८०, मंगलबार

बागलुङ/बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भर्खरै प्रकाशित भएको एसइइ परीक्षाफलमा ४ जिपिए ल्याएका प्रत्येक बिद्यार्थीलाई २० हजार रुपैयाँको दरले पुरस्कार दिने घोषण गरेका छन् ।

सोमबार बागलुङ नगरपालिका वडा नंं २ स्थित रुद्रे पिपल माबिले आयोजना गरेको एसइइ उत्तिर्ण बिद्यार्थीको सम्मान र बिदाइ कार्यक्रममा श्रेष्ठले सीप बिकासका प्राविधिक कार्यक्रम ल्याएर युवा रोजगारी बढाउने लक्ष समेत सुनाएका थिए । उनले ४ जिपिए ल्याएका बिद्यार्थीलाई नियमित सम्मान गर्ने प्रावधान समेत समावेश गर्ने गरी नीति बनाउने पनि बताएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले सामुदायिक बिद्यालयलाईपनि अब्बल बनाएर हरेक अभिभावकले सामुदायिकमा पढाउन चाहना राख्ने बनाउन पहल गरिने बताए । त्यसकालागि शिक्षक, अभिभावक र नगरपालिकाको शिक्षा शाखाका कर्मचारीको समेत समान योगदान चाहिने पनि बताए ।

सम्मान कार्यक्रममा सहायक प्रअ प्रकाश शर्मा र उनकी पत्नि मीनाले यस अघि घोषणा गरे अनुसार रुद्रे पिपल माबिबाट ४ जिपिए ल्याउने बिद्यार्थीलाई ५० हजार नगद पुरस्कारले पुरस्कृत समेत गरेका थिए । रुद्रे पिपल माबिमा १ जना सुवास शर्माले ४ जिपिए ल्याएका छन् । बिद्यालयबाट एसइइ दिएका ९९ जनामा ए प्लस ल्याउने ९ जना, ए ग्रेड ल्याउने १७ जना, बि प्लस ल्याउने २५ जना, बी ल्याउने २७ जना, सि प्लस ल्याउने १७ जना र सि ल्याउने ४ जना थिए । उनीहरु सबैलाई बिद्यालयले बिदाइ तथा सम्मान गरेको थियो ।

बिद्यालय व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माको अध्यक्षता, प्रअ राजेश श्रेष्ठको स्वागत र तारकराज पराजुलीको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, वडा अध्यक्ष सुरज बोसेल, शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्याय, धौलागिरि बहिरा माबिका अध्यक्ष केवी राना र सम्मानित बिद्यार्थी सुवास शर्माले मन्तव्य राखेका थिए । उक्त अबसरमा हालै अबकास पाउन लागेका शिक्षा बिकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायलाईपनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->