बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाडमा जेसिवीको ठक्करले बालकको मृत्यु

बडिगाडमा जेसिवीको ठक्करले बालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २६ २०८०, मंगलबार

बागलुङ/ बागलुङको बडिगाडमा जेसिवीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ मा सडक निर्माण गरिरहेको जेसिवीले ठक्कर दिँदा सोही ठाउँका १४ बर्षिय बालक सुनिल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ बडिगाड गाउँपालिका–७ को भत्रेनीदेखी सोइरेनीसम्मको कच्चि सडक निर्माणका लागि जेसिवी त्यहाँ पुगेको थियो । सडक खन्नेक्रममा जेसिवीले ठक्कर दिएपछि बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । जेसिवीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनको बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->